पोखरामा बिहीबारदेखि नवौं प्रधानमन्त्री एनभिए भलिबल लिग

पाेखरा | जेठ ६, २०८२

पोखरामा बिहीबारदेखि नवौं प्रधानमन्त्री एनभिए भलिबल लिग Photo Sudarshan Ranjeet

पोखरा:   पोखरामा यही जेठ ८ देखि १५ गतेसम्म नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । 


नेपाल भलिबल संघले आज पोखरामा पत्रकार सम्मेलन गर्दै नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 


नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले काठमाडौं हुँदै आएको प्रतियोगिता यसपटक पोखरामा हुन लागेको बताए । 


‘काठमाडौंमा हुँदै आएको प्रतियोगिता यसपटक पोखरा रंगशालाको मल्टिपर्पोज कभर्डहलमा सञ्चालन गर्दै छौं, यो पोखराको लागि अवसर पनि हो’, अध्यक्ष चन्दले भने, ‘जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ तीन विभागीयसहित ८ र महिलातर्फ तीन विभागीयसहित ६टिमको सहभागिता रहनेछ ।’


उनका अनुसार पुरुषतर्फ तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी, सुदूरपश्चिम कोशी र मणिमुकुन्द भलिबल क्लब र महिलातर्फ तीन विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्यू डायमण्ड, एभरेष्ट, कर्णाली प्रदेशले सहभागिता जनाउनेछन् । 


प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रतियोगितामा पोखराबाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभर प्रतिखेलाडी १२ सय रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । खेलाडीहरूका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले बताए । 


प्रतियोगिता सम्पन्न गर्न झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ हुनेछ । यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् । 

पोखरा ।     कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ ।   पर्यटक...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...

थप पढ्नुहोस्

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।   महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

थप पढ्नुहोस्